शनिबार, वैशाख ८, २०८१
05:37 | १०:२२

पण्डित जसराजको न्यूजर्सीमा दाहसंस्कार

रासस–एएनआई अगस्ट १८, २०२०

न्यूजर्सी, २ भदौ–– शास्त्रीय संगीतका प्रखर व्यक्तित्व पण्डित जसराजको संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार दाहसंस्कार गरिएको छ । भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो ।

कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लकडाउन गरिएपछि उहाँ स्वदेश फर्कन पाउनु भएको थिएन । उहाँ विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आउनु भएको थियो ।

भारतीय शास्त्रीय संगीतका प्रखर व्यक्तित्व जसराज विगत आठ दशकदेखि संगीत सिर्जना र गायनमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भारतमा पद्म विभुषण, पद्म श्री सहित अनेक उच्च पदक प्राप्त गर्नु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू