बिहीबार, चैत १५, २०८०
17:35 | २३:२०

नेपालमा थप ३ सय ७८ संक्रमित, तीनको मृत्यु

कोरोनाबाट ७३ जनाको मृत्यु

नेपाली लिङ्क अगस्ट ८, २०२०

काठमाडौँ । गएको २४ घन्टामा नेपालमा थप ३ सय ७८ जनामा नयाँ कोरोना संक्रमण देखा परेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ४ सय ९९ जना कोरोनामुक्त भएर घर फर्केको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका तीन जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

गौतमका अनुसार काठमाडौं टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीया महिलाको साउन २३ गते कोरोनाबाट मृत्यु भएको हो ।

उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षीय पुरुषको पनि साउन २३ गते उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । हालसम्म १६ हजार ३१३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख २७ हजार ५ सय एकजनामा कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू