रास्वपा नेता मनिष झा लन्डनमा


लन्डन- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संघीय सांसद मनिष झा बेलायत आइपुगेका छन्।
रास्वपा प्रवास नेपाली सम्पर्क विभागका प्रमुखसमेत रहेका झा शुक्रबार साँझ लन्डनको हिथ्रो विमानस्थलमा अवतरण गरेका हुन्।
एक साता लामो बेलायत भ्रमणमा आएका उनलाई विभागका बेलायतस्थित नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए।
झाको बेलायत भ्रमणका क्रममा विभिन्न कार्यक्रम तय भएका छन्।
रास्वपा यूके सभापति पवन शर्माका अनुसार बेलायतमा रहंदा उनले केही बेलायती सांसद र राजनीतिज्ञहरुलाई भेट्नेछन्। विभिन्न स्थानमा नेपाली समुदायसंग पनि अन्तरक्रिया गर्दैछन्।
अक्टोबर ३१ तारिख शनिबार लन्डनको प्लमस्टेडमा सोसाइटी अफ नेपाली प्रोफेसनल्सले आयोजना गर्ने सार्वजनिक अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुनेछन्।
नोभेम्बर १ तारिख आइतबार बिहान वुल्भरह्याम्पटनमा नागरिकता र अन्तर्राष्ट्रिय विद्यार्थीका विषयमा रास्वपा बेलायतले आयोजना गर्ने सार्वजनिक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्।
सोही दिन दिउँसो रेडिङमा गोर्खा भेट्रानहरुसंग गोर्खाहरूको अधिकार र नागरिकतासम्बन्धी विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम छ।
नोभेम्बर २ तारिख सोमबार उनले किल विश्वविद्यालयको भ्रमण गर्नेछन्। नोभेम्बर ३ तारिख मंगलबार नेपालमा लगानीका अवसरसम्बन्धी विषयमा बीएनसीसीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
त्यसैगरी, नोभेम्बर ४ तारिख बुधबार लन्डनस्थित नेपाली राजदूतावासमा आयोजना हुने स्वागत कार्यक्रममा झा सहभागी हुने कार्यक्रम छ।
झा नोभेम्बर ६ तारिख नेपाल फर्कने कार्यक्रम छ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



