मंगलबार, वैशाख ११, २०८१
12:49 | १७:३४

महामारीका कारण बन्द चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

रासस/सिन्ह्वा जुलाइ २०, २०२०

बेइजिङ, ५ साउन–कोरोना त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरी खुल्न थालेका छन् । 

सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन् । हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए ।

कोरोनाभाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो । 

सरकारी अधिकारीहरुको आग्रह अनुसार सिन्च्याङ, साङ्घाई, बेइजिङलगायतका ठाउँमा चलचित्र हलहरु सञ्चालनमा आउन थालेका हुन् ।  

देशको पूर्वी सहर साङ्घाईमा त साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि आउदो शनिबारदेखि शुरु हुने भएको छ । त्यसका लागि सोमबार विहान टिकट खुल्ला गरेको दश मिनेटमै एक लाख टिकट विक्री भएको बताइउको छ । 

अहिले खुल्ला गर्न नसकिएका कतिपय ठाउँमा खुल्ला गराउनका लागि तयारी पनि भइरहेको जनाइएको छ । 

चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण देशभरिका धेरै ठाउँका चलचित्र हलहरु खुल्ने देखिएको छ । 

गत जनवरीदेखि शुरु भएको लकडाउनले चीनका चलचित्र हलहरु नराम्ररी प्रभावित भएका छन् भने केही बन्द भएका छन् ।

अव खुल्ला गर्न लागिएका चलचित्र हलहरुमा कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेकोभन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने नियम बनाइएको छ । 

त्यसैगरी मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, शरीरको तापक्रम नाप्नु पर्नेलगायतका नियम पनि कडाइका साथ लागू गर्न भनिएको छ । यस्तो नियमहरु टिकट काट्दा, हलभित्र र वाहिर गर्दा र भित्र बस्दा समेत अप्नाउनु पर्ने बनाइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू