बिहीबार, वैशाख १३, २०८१
13:27 | १८:१२

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

रासस जुलाइ ८, २०२०

काठमाडौँ । रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै बुधबार प्रदर्शन गरिएको छ ।

कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनमा सहभागीले कि रोजगारी दिनुपर्ने कि कोरिया जान दिनुपर्ने र कोरियाको लागि अन्तरराष्ट्रिय उडान नियमित गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शनी गरेका थिए ।

प्रदर्शनमा सहभागी सागर अधिकारीले आफ्ना माग पूरा नभए चार हजार ५ सय युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू