शनिबार, वैशाख ८, २०८१
11:52 | १६:३७

अमेरिकी अभिनेता निक कोर्डेरोको कोरोना सङ्क्रमणबाट मृत्यु

नेपाली लिङ्क जुलाइ ६, २०२०

फोटो जर्जरी पेस

लन्डन । अमेरिकी अभिनेता तथा संगीतकार निक कोर्डेरोको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ४१ वर्षीय निक टोनी पुरस्कारका लागि मनोनित भएका थिए ।

उनका ‘वेट्रेस’, ‘अ ब्रोन्क्स टेल’, ‘बुलेट्स ओभर ब्रोडवे’ लगायत थुप्रै संगीत लोकप्रिय छन् ।

कोरोना संक्रमणका कारण विगत तीन महिनादेखि अमेरिकाको लस एन्जलसस्थित एक अस्पतालमा भर्ना गरिएको उनकी श्रीमती अमान्डा क्लूट्सले बताएकी छन् ।

उनले इन्स्टाग्राममा पोष्ट गर्दै भनेकी छन् ‘निक यस्तो चम्किलो व्यक्ति थिए, जो सबैका प्यारो थिए, सबैलाई सहयोग गर्थे, उनी एक असाधरण अभिनेता र संगीतकार थिए ।’

उनका श्रीमती र एक वर्षका एक छोरा एल्भिस छन् । आइतबार भएको उनको निधनप्रति हलिउडका चर्चित अभिनेता र सङ्गीतकारले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू