बिहीबार, वैशाख १३, २०८१
02:28 | ०७:१३

रहिनन् बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खान

रासस-पिटिआई जुलाइ ३, २०२०

मुम्बई । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।

उनले ‘हवा हावाइ’, ‘धक धक’ र ‘एक दो तीन’ लगायतका दर्जनौ चर्चित गीतको नृत्य निर्देशन गरेकी थिइन् । उनी बलिउडमा झण्डै चार दशक सक्रिय भएकी थिइन् ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ थिइन् ।

उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

‘उहाँको गएराती २.३० मा अस्पतालमै निधन भयो,’ खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भने ।

खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उनको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू