शनिबार, वैशाख १५, २०८१
04:34 | ०९:१९

हवाई उडान तथा सीमा नाका बन्द साउन ७ सम्म लम्बियो

नेपाली लिङ्क जुलाइ २, २०२०

काठमाडौं । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले आगामी साउन ७ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान तथा सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना संक्रमण जारी रहेका कारण तत्कालका लागि सीमा नाका तथा हवाई उडानहरु रोक्ने निर्णय गरेको हो ।

नेपालमा गत चैत ११ गतेदेखि लकडाउनका कारण अन्तरराष्ट्रिय नाकामा हुने विशेष परिस्थिति बाहेकका आवतजावतलाई बन्द गर्दै आएको छ ।

तर सरकारको अनुमति लिएर भएका उडान तथा सरकारबाट विदेशमा रहेका नेपाली नागरिकको उद्दारका लागि गरिएका उडानहरु भने सञ्चालन हुनेछन् ।

सरकारको यो निर्णयसँगै आगामी साउन ७ गतेसम्म नेपालसँगको चीन तथा भारत दुबैतर्फका सीमानाका तथा यात्रुबाहक हवाई उडानको आवगमन तथा प्रस्थान बन्द हुने भएको छ ।

त्यस्तै भारतसँगको सीमा बन्द गरिएपनि खाद्यबस्तु तथा मालवाहक ढुवानीलाई भने सहज गरिने अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी गराएका छन् ।

हवाई उडानका अलावा सरकारले शैक्षिकसंस्था, विभिन्न मेला, जात्रा, पर्व, स्वीमिङ पुल, स्कुल, क्याम्पस, धेरै मान्छे भेला भएर हुने खेललगायत पनि आगामी साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू