शनिबार, वैशाख २९, २०८१
04:14 | ०८:५९

क्वारेन्टिनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार

रासस जुन २८, २०२०

बैतडी । क्वारेन्टिनमा  खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आज घरपरिवारले नै दाहसंस्कार गरेका हुन् ।  

दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनादेखि भान्सेका रुपमा कार्यरत थिए । शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका ती व्यक्तिको आज दाहसंस्कार गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।  

जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई दासंस्कारका लागि दिइएको हो । आवश्यक सुरक्षा सतर्कता अपनाएर सुरक्षितरुपमा परिवारका निश्चित मान्छे सहभागी भएर दाहसंस्कार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए   

उनले भने , ‘रिपोर्ट आउन समय लाग्ने र पछि शव बिग्रने र घरपरिवारका मान्छेलाई पनि चिन्ता हुने भएकाले दाहसंस्कार गर्न लगायौं ।’ 

शव परीक्षणका क्रममा यही कारण मृत्यु भएको भन्ने खासै केही पनि नदेखिएको जिल्ला अस्पतालका डाक्टर वसन्तराज जोशीले बताए । 

मृतकको कोरोना तथा पिसिआर परीक्षणको स्वाब संकलन  गरी धनगढी पठाइएको छ । सो नगरपालिकामा हाल ३० जना कोरोना संक्रमित छन् भने जिल्लाभर २ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू