शुक्रबार, चैत १६, २०८०
21:22 | ०३:०७

हिमालपारि पुग्यो कोरोना

रासस जुन १८, २०२०

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । 

कपिलवस्तुको बाणगंगा –१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । 

उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए   

जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू