शनिबार, साउन १२, २०८१
02:37 | ०७:२२

नेपालमा थपिंदै संक्रमित, पुगे ६ हजार ५ सय ९१

नेपाली लिङ्क जुन १६, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण हुनेहरुको संख्या लगातार बढ्दै गएको छ । यसैक्रममा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार थपिएका संक्रमितसंगै हालसम्मको जम्मा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको जानकारी दिए ।

अहिले देशभरमा १ लाख ३३ हजार ९ जना क्वारेन्टिनमा छन् । यस्तै आइसोलेसनमा ५ हजार ५ सय ३१ जना छन् । देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार थप १ सय १७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ११ सय ४१ पुगेको छ ।

अहिलेसम्म नेपालमा एक लाख ४३ हजार ७ सय ३८ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ भने २ लाख २३ हजार ५ सय १९ जनाको आरडीटी परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू