शनिबार, वैशाख ८, २०८१
16:23 | २१:०८

बैतडीको क्वारेन्टाइनमा युवतीको मृत्यु

नेपाली लिङ्क जुन २, २०२०


बैतडी । बैतडीमा क्वारेन्टाइनमा सोमबार एक युवतीको मृत्यु भएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेकी ति युवती केहि दिन अघिमात्र भारतबाट आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा सोही ठाउँमा घर भएकी २२ वर्षीया युवतीको मृत्यु भएको हो  । ती युवतीले दमको उपचार गराइरहेको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख योगेश भट्टका अनुसार मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनस्थलतर्फ पठाइएको छ ।

उनको परीक्षण रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू