बिहीबार, वैशाख १३, २०८१
05:27 | १०:१२

नेपालमा कोरोना जितेर २ सय २१ जना भए डिस्चार्ज

रासस जुन १, २०२०

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा निको भएर डिस्चार्ज हुनेहरुको संख्या पनि वृद्धि भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म् देशभर २ सय २१ जना कोरोना संक्रमण निको भएर घर फर्किएको जनाएको छ ।

उनीहरुमध्ये १७३ जना पुरुष र ४८ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार सोमबार डडेल्धुरा अस्पतालबाट २८ वर्षका पुरुष डिस्चार्ज भएका छन् । उनी १० दिनमा डिस्चार्ज भएका हुन् ।

मन्त्रालयले अहिलेसम्म ७१ हजार ९ सय ३ जनामा पीसीआर र एक लाख १३ हजार ७ सय ५७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको जनाएको छ ।

हालसम्म देशमा १८ सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू