बिहीबार, वैशाख १३, २०८१
01:08 | ०५:५३

क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकको मृत्यु

नेपाली लिङ्क मे ३१, २०२०

डोटी । डडेल्धुरामा क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुने बालक नवदुर्गा गाउँपालिका ३ का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु भएको पुष्टि गरेका हुन्  ।

शनिबार राति अचानक बालकको स्वास्थ्यमा खराबी आएपछि अस्पताल लागिएपनि अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए ।

ति बालक केहि दिनअघि आफ्ना आमाबाबुसंगै मुम्बैबाट आएका थिए । उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ ।  कोरोना परीक्षणका लागि उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू