शुक्रबार, वैशाख १४, २०८१
15:34 | २०:१९

चितवनमा गर्भवतीले जितिन् कोरोना

रासस मे ३०, २०२०

चितवन । गत बुधबार हेटौँडामा कोरोना संक्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा संक्रमण निको भएको हो ।

कोरोना संक्रमणको आशंकामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब संकलन गरी दुईपटकसम्म परीक्षण गरिएको उनले जानकारी दिए ।

भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले संक्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताए ।

यही जेठ १४ गते संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पताल पठाइएको थियो । उनी गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो ।

दुई पटकको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएसँगै आइतबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको डा पौडेलले जानकारी दिए ।

उनी र उनका श्रीमान् भरतपुुर महानगरपालिका वडा नं १२ मा बस्दै आएका थिए । उनीहरु बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू