बुधबार, वैशाख १२, २०८१
11:42 | १६:२७

बजेट भाषण विहीबार दिउँसो ४ बजे

नेपाली लिङ्क मे २७, २०२०

लण्डन । आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा विहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३.४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरे ।

बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका लागि सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू