बिहीबार, वैशाख १३, २०८१
04:41 | ०९:२६

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

नेपाली लिङ्क मे २५, २०२०


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कुल संख्या ६ सय ७५ पुगेको  छ । सोमबार थप ७२ जनामा संक्रमण पुष्टि भएको  छ ।

थप संक्रमण हुनेहरुमा सबैभन्दा बढी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना भेटिएका हुन् ।

काठमाडौं, धनुषा, कपिलवस्तु, रौतहट, बारा, सप्तरी, बर्दिया, बाँके र दैलेखका व्यक्तिहरुमा नयां संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण संख्या निरन्तर बढ्दै  गइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू