शनिबार, वैशाख ८, २०८१
23:04 | ०३:४९

संसद्को प्रतीकचिन्ह नेपालको नक्साअनुसार परिमार्जन गरिने

रासस मे २४, २०२०

काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को प्रतीकचिन्ह (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैै आएको प्रतीकचिन्हलाई नेपालको वास्तविक सीमानुरुपको नक्सानुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आएको प्रतीक परिमार्जन हुनेछ ।

बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू