शुक्रबार, चैत १६, २०८०
08:28 | १४:१३

कतारमा नेपाली युवकलाई दिइयो मृत्युदण्ड

नेपाली लिङ्क मे २१, २०२०

प्रतिकात्मक तस्विर

काठमाडौं । कतारी नागरिकको हत्याको मुद्धामा एक नेपाली युवकले कतारमा मृत्युदण्ड पाएका छन् ।

महोत्तरी औरही घर भएका २५ वर्षीय अनिल चौधरीलाई मृत्युदण्ड दिइएको हो । उनलाई मृत्युदण्ड दिइएकोबारे कतार सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई समेत जानकारी गराएको छ ।

सन् २०१५ मा रोजगारीका लागि कतार गएका अनिल कतारी नागरिकको हत्या अभियोगमा सन् २०१७ देखि जेलमा थिए ।

कतारी नागरिकको हत्यासम्बन्धी मुद्धामा कुनै पनि नेपाली नागरिकले कतारमा मृत्युदण्ड नै पाएको यो पहिलोपटक हो ।

कतारी सरकारले चौधरीको शव नेपाल लैजान अनुमति दिएपनि ‘लकडाउन’ का कारण उतै रोकिएको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू