शनिबार, वैशाख ८, २०८१
19:42 | ००:२७

रोल्पामा आइसोलेसनमा मृत्यु हुनेको रिपोर्ट नेगेटिभ

रासस मे २०, २०२०

रोल्पा । रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

सोमबार रोल्पा अस्पतालको आइसोलेसनमा रहेकै बेला रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो ।

दुई वर्षदेखि मिर्गौलाको  रोगबाट पीडित युवक काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ । टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसन वार्डमा रहेका बेला मृत्यु भएको रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्तीमगरले जानकारी दिइन् ।   

हालसम्म जिल्लाबाट २२ जनाको पिसिआर परीक्षणका लागि पठाइएकोमा १९ को नेगेटिभ रिपोर्ट आएको र तीन जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोराना फोकल पर्सन अरुणभिटु उपाध्यायले जानकारी दिए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू