शनिबार, वैशाख ८, २०८१
08:21 | १३:०६

सेनाले ग्वाङ्जाओबाट ल्यायो १८.८ टन स्वास्थ्य सामग्री

रासस मे १९, २०२०

फाइल तस्विर

काठमाडौं ।  नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ‘ए ३३०’ जहाजले मंगलबार  बिहान काठमाडौँ ल्याएको हो ।

स्वास्थ्य सामग्री बोकेर आएको निगमको वाइड बढी जहाज बिहान ९.१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज सोमबार राति ग्वाङ्जाओ उडेको थियो ।

ग्वाङ्जाओबाट १८.८ टन स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए  । ती स्वास्थ्य सामग्रीमा पिपिइ, एन–९५ मास्कलगायत छन् ।

सेनाले यसअघि शनिबार स्थलमार्गबाट १० कन्टेनर स्वास्थ्य सामग्री ल्याएको थियो ।

स्रोतका अनुसार सेनाले जम्मा ३ सय ४३ टन स्वास्थ्य सामग्री ल्याउनेछ । त्यसमध्ये जहाजमार्फत ४७.५ टन र बाँकी सडकमार्गबाट ल्याउनेछ ।

सेनाले पहिलोपटक जहाजमार्फत स्वास्थ्य सामग्री ल्याएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू