शुक्रबार, वैशाख १४, २०८१
12:53 | १७:३८

सिसडोलवासीको कोरोना परीक्षण हुने भएपछि काठमाडौंको फोहर उठ्ने

रासस मे १८, २०२०

फाइल तस्विर

काठमाडौँ । सिसडोलवासीको ‘कोभिड-१९’ परीक्षण हुने भएपछि काठमाडौँ उपत्यकाको नियमित फोहर विसर्जन हुने भएको छ ।

सिसडोलवासीले कोरोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले सोमबारदेखि लागू हुने गरी एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या विद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको हो । ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको मागअनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए-नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ ।

कामपाले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर ‘आरडिटी’ र ‘पिसिआर’ विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए । ‘उपत्यकाको फोहोर छोपेर सिसडोल लैजाने सहमति भयो’, प्रमुख शाक्यले भने, ‘सहमतिअनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म फोहर विसर्जन गरिसक्नुपर्ने छ ।’

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलवासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले हालको नियमित फोहर विसर्जन हुने जानकारी दिए । कामपा वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार फोहर विसर्जन स्थल आसपासका बढी प्रभावित कम्तीमा ३०० जनाको परीक्षण गर्ने तयारी कामपाको छ ।

हालको लागि फोहर विसर्जनसम्बन्धी समस्या समाधान भए पनि यो नै दीर्घकालीन समाधान भने होइन । कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हुंदा अब त्यहाँ स्थानको पनि अभाव भइसकेको छ ।

हाल काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू