मंगलबार, मंसिर १९, २०८०

नेपाली लिङ्क
मे १८, २०२०
अमेरिका–नेपाली मुलका २२ वर्षीय दिवेश पोखरेल अर्थात् ‘आर्थर गन’ विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा दोस्रो बन्न सफल भएका छन् ।
टप फाइभमा पुगेका पोखरेल फाइनल प्रतिस्पर्धापछि भोटिङका आधारमा उत्कृष्ट दुई जनामा छनोट भएका हुन् ।
उपविजेता पोखरेल काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेर सन् २०१४ देखि अमेरिकाको कान्सासमा बस्दै आएका छन् ।
काठमान्डौ कलंकी निवासी दिवेशले सन् २०१९ को जनवरीमा नेपालमा आफ्नो ‘ग्रहण’ एल्बमको लोकार्पण गरेका थिए । उनको अर्को एल्बम ‘खोज’ पनि सार्वजनिक भइसकेको छ ।
२१ वर्षकी जस्ट साम अमेरिकन आइडलको १८ औं सिजनकी विजेता बनेकी छन् । दिवेशसँगै उत्कृष्ट ५ मा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स, जस्ट स्याम र जोनी वेस्ट पुगेका थिए ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५