बिहीबार, वैशाख १३, २०८१
14:43 | १९:२८

सीमा अतिक्रमणविरुद्ध जर्मनीको भारतीय दूतावासमा विरोधपत्र बुझाइयो

रासस मे १६, २०२०


काठमाडौँ । जर्मनीमा क्रियाशील नेपाली संघसंस्थाले भारतले नेपाली भूमि अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्रयांकफटस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका तर्फबाट शुक्रबार संयुक्त विरोधपत्र भारतीय दूतावासमा बुझाइएको हो ।

मञ्चका महासचिव शम्भुप्रसाद पोखरेलले विरोध पत्र दूतावासका प्रतिनिधिलाई बुझाएका हुन् ।

यसअघि जर्मनीमा क्रियाशील प्रवासी नेपालीका संघसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरे पनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार बनाएको भन्दै भर्त्सना गरेका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अष्ट्रियाको भियानास्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको थियो ।

संघले सबै मुलुकमा रहेका समितिमार्फत सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको व्यवहोरासहितको ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू