शुक्रबार, वैशाख ७, २०८१
09:33 | १४:१८

नेपालमा बुधबार थपिए २६ संक्रमित

संक्रमित २ सय ४३ पुगे

नेपाली लिङ्क मे १३, २०२०

काठमाडौं ।  नेपालमा बुधबार थप २६ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।  

बुधबार दिउंसो २ र साँझ २४ गरी २६ जनामा संक्रमण भेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको छ ।  

बुधबार साँझ थपिएका संक्रमित रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लामा भेटिएका हुन् । 

त्यस अघि दिउंसो काभ्रे र कपिलवस्तुमा एकएक जना गरी २ जनामा संक्रमण भेटिएको थियो ।  

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ सय ४३ पुगेको छ । मंगलबार मात्रै ८३ संक्रमित थपिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू