बिहीबार, चैत १५, २०८०
15:34 | २१:१९

यूकेमा कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या ४० हजार माथि

केयर होममा मात्रै १० हजारको मृत्यु

नेपाली लिङ्क मे १३, २०२०

लण्डन । बेलायतमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको वास्तविक संख्या ४० हजारभन्दा माथि देखिएको छ ।

आधिकारिक तथ्यांकले नै मंगलबारसम्ममा कुल ४० हजार ४ सय ९६ जनाको कोरोनाबाट मृत्यु भएको देखाएको छ ।

बेलायतको ‘अफिस फर नेशनल स्टाटिस्टिक्स’ (ओएनएस) ले मे ९ तारिखसम्म इंग्ल्याण्ड र वेल्समा मात्रै कोरोनाका कारण भएका ३५ हजार ४४ मृत्यु दर्ता भएको जनाएको छ ।

जसमा स्कटल्याण्ड र नर्दन आयरल्याण्डको संख्या समेत जोड्दा र पछिल्ला केहि दिनको थप गर्दा कुल मृतक संख्या ४० हजार नाघेको ‘ओएनएस’ को भनाइ छ ।

अहिलेसम्ममा बेलायतका केयर होमहरुमा मात्रै १० हजार मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएको बताइएको छ । स्कटल्याण्डमा १२ सय १, वेल्समा ३ सय ५० सहित देशभरका ‘केयर होम’ मा कुल १० हजार ९ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हालसम्म युरोपमा कोरोनाबाट सबैभन्दा धेरै मृत्यु हुने देश पनि बेलायत छ । बेलायतपछि इटालीमा ३० हजार ७ सय ३९, स्पेनमा २६ हजार ७ सय ४४, फ्रान्समा २६ हजार ६ सय ४ र जर्मनीमा ७ हजार ६ सय ६१ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

‘ओएनएस’ को तथ्यांकअनुसार कारोना महामारी शुरु भएयता पहिलोपटक इंग्ल्याण्ड र वेल्सका सबै क्षेत्रमा कुल मृत्युदर घटेको छ । त्यसमा पनि लण्डनको मृत्युदरमा सबैभन्दा बढी गिरावट आएको छ ।

‘केयर होम’ हरुमा पनि पछिल्ला दिनमा मृत्युको संख्या घट्दै गइरहेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू