शुक्रबार, वैशाख ७, २०८१
09:57 | १४:४२

आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान प्रवक्ता श्रेष्ठको आग्रह

नेपाली लिङ्क मे १३, २०२०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् ।

आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको उल्लेख गर्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् । 

पछिल्ला दिनमा सीमा सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल परिचालन गर्ने समाचार सार्वजनिक भइरहेका बेला प्रवक्ता श्रेष्ठको उक्त भनाइ बाहिर आएको हो । प्रवक्ता श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत निर्वाचनअघिदेखि राज्यले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेका हुन् । 

उनले  भनेका छन्, ‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिइनँ, सशस्त्र प्रहरी बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ ।  तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाका कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’ 

प्रवक्ता श्रेष्ठले आफूले नियमितरूपमा सशस्त्रको पछुवा गाडी प्रयोग नगर्ने पनि उल्लेख गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू