शनिबार, वैशाख ८, २०८१
02:56 | ०७:४१

साउदीमा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण

रासस मे १३, २०२०

साउदी ।  नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४  नेपालीमा ‘कोभिड-१९’ को संक्रमण  देखिएको छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको छ ।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति छ ।

संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।

साउदीमा कोरोना संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये हालसम्म १५ हजार २५७  निको भएका छन् । हालसम्म २ सय  ६४ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू