शुक्रबार, चैत १६, २०८०
15:35 | २१:२०

नेपालमा एकै दिन ५७ जनामा संक्रमण, संक्रमित १ सय ९१ पुगे

नेपाली लिङ्क मे १२, २०२०

काठमाडौं । मंगलबार एकै दिनमा नेपालमा ५७ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले एक वक्तव्य जारी गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षणका क्रममा ५७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार संक्रमित हुने सबै पुरुष छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी पर्सा जिल्लाका ३९ जना छन् । त्यस्तै, अन्यमा रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना छन् ।

संक्रमण भेटिएका सबै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको बताइएको छ ।

यससंगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या १ सय ९१ पुगेको छ । सोमबार मात्रै २४ संक्रमित थपिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू