बुधबार, चैत ५, २०८१
फुटबलको एकै म्याचमा ५ खेलाडी परिवर्तन गर्न पाइने


नेपाली लिङ्क
मे ९, २०२०
लन्डन । कोरोना महामारीको कारण अहिले फुटबल खेलहरु अवरुद्ध छन् । तर, अब महामारीपछि सुचारु हुने खेललाई ध्यानमा राख्दै केही नियम परिवर्तन गरिएको छ ।
‘फेडेरेसन अफ इन्टरनेसनल फुटबल एशोसिएसन’ (फिफा) को सिफारिसमा ‘इन्टरनेशनल फुटबल एशोसिएसन बोर्ड’ (आईएफएबी) ले नयाँ नियम ल्याएको हो ।
नयाँ नियमले एकै म्याचमा ५ जनासम्म खेलाडी परिवर्तन गर्न पाइने भएको छ । खेलाडीहरुको सुरक्षा र टीमहरुको सुविधाको लागि यो नियम बनेको बताइएको छ ।
महामारीका कारण रोकिएका म्याच सुचारु भएलगत्तै यो नियम लागू हुनेछ ।
अहिले रोकिएका प्रिमियर लिग र च्याम्पियन लिगका म्याचहरु पनि अब सुचारु हुँदा यो नियमअनुसार नै खेलाइनेछन् ।
अस्थायी रुपमा ल्याइएको यो नियम यही वर्षको अन्त्यसम्मका लागि लागू हुने र त्यसपछि ‘रिभ्यू’ गरिने फिफाले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५