शुक्रबार, वैशाख १४, २०८१
05:57 | १०:४२

अमेरिकन आइडलको टप १० मा पुगे नेपाली गायक दिवेश

नेपाली लिङ्क मे ४, २०२०

लन्डन ।  अमेरिकाको चर्चित गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को शीर्ष १० मा नेपाली गायक दिवेश पोखरेल (आर्थर गन) ले आफ्नो स्थान सुरक्षित गरेका छन् ।

अडिसनदेखि नै निर्णायकहरुबाट लगातार प्रशंशा पाउंदै आएका दिवेशलाई प्रतियोगिताको शीर्ष ५ सम्मको दाबेदार ठानिएको छ ।  

शीर्ष १० मा छनोट भएपछि दिवेशले सामाजिक सन्जालमार्फत विश्वभर रहेका आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले प्रतियोगिताको आगामी यात्रामा पनि आफूलाई आवश्यक साथ र सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन् ।  

विश्वकै प्रतिष्ठित गायन शोको शीर्ष १० सम्म पुगेर चर्चा र प्रशंशा कमाउन सफल दिवेश अध्ययनका शिलशिलामा सन्  २०१४ मा अमेरिका गएका हुन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू