शनिबार, वैशाख ८, २०८१
19:58 | ००:४३

उत्तर कोरियाका नेता किम २० दिनपछि सार्वजनिक

रासस-एएनआई मे २, २०२०

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन् ।

स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहेको हल्ला चरिरहेका बेला उनी सार्वजनिक भएका हुन् । दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित ‘योन्हाप’ समाचार संस्थाका अनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

सरकारी सञ्चार माध्यमले उनी दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएको जनाएको छ । शनिबार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेको तस्बिर सार्वजनिक गरिएको छ । कार्यक्रममा किमसँगै उनकी बहिनी किम यो जङ पनि देखिएकी छन् ।

किम सार्वजनिक नभएको बेला दक्षिण कोरियाका अधिकारीहरुले उनी गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए ।
आफ्ना हजुरबुवाको जन्मजयन्ती समरोहमा उनको अनुपस्थितिलाई आधार मनेर उनी अस्वस्थ भएको दाबी गरिएको थियो ।

उत्तर कोरियाली पात्रोमा किमका हजुरबुवा किम इल सङको जन्मजयन्ती समारोह ठूला कार्यक्रममध्ये एक मानिन्छ । त्यस दिन उनी अघिल्ला वर्ष आफ्ना हजुरबुवाको चिहानस्थल जाने गर्थे । यस पटक भने अनुपस्थित भएकाले उनको स्वास्थ्य अवस्थाबारे विश्वभवरी नै अड्कलबाजी र अनेक हल्ला चलेको थियो ।

किमको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाएका थिए । उनले किम आफ्नो अति अनन्य मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको बताएका थिए । अहिले किम पुनः सार्वजनिक रूपमा देखिएको बारेमा भने ट्रम्पले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका छन् ।

उत्तर कोरियाली सञ्चारमाध्यमले किम अहिले सार्वजनिक रूपमा देखिएको भन्दै दिएको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने अन्य आधार नभएकाले कतिपयले अझै पनि अविश्वास गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू