शुक्रबार, वैशाख १४, २०८१
17:38 | २२:२३

‘लकडाउनको डोरी’ मा बाँधिए राजेश हमालदेखि कोमल ओलीसम्म

नेपाली लिङ्क अप्रिल ३०, २०२०

लन्डन । ‘तिमी बस्नु तिम्रै घरमा भइ लकडाउन, खुल्ला छैन भुन्टी तिम्लाई यो मुटुको टाउन…..’

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण देश ‘लकडाउन’ भएपनि नेपाली कलाकारको सांगीतिक सिर्जनालाई भने ‘लकडाउन’ ले खासै असर पारेन ।

‘लकडाउन’ को पीडामा बसेकाहरुको लागि गायक खुमन अधिकारी र प्रीति आलेको स्वर रहेको ‘लकडाउनको डोरी’ बोलको एउटा रमाइलो लोकदोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जनचेतनामूलक यस गीतको म्यूजिक भिडियोमा महानायक राजेश हमालदेखि थुप्रै राष्ट्रिय कलाकारहरुलाई देख्न सकिनेछ ।

माधव न्यौपानेको शब्द तथा गायक खुमन अधिकारीको संगीत रहेको यस गीतको संगीतसंयोजन कृष्ण बिके(भान्जा) ले गरेका हुन् । उक्त गीत तयार गर्नको लागि करिब एक हप्ता समय लागेको गायक खुमन अधिकारीले बताए  ।

भिडियोमा राजेश हमाल, कोमल ओली, शंकर बिसी, सृष्टि खड्का, रमेशराज भट्टराई, माधव न्यौपाने, खुमन अधिकारी, प्रीति आले, अञ्जली अधिकारी, देवी घर्ती, चन्द्र शर्मा, चक्र बम, कृष्ण बिके, टंक तिमिल्सिना, विक्रम चौहान, रीना थापा, पुजन घिमिरे, साजन धामी, टीका जैसी, पनिशा पोखरेल, काजिश श्रेष्ठ, कृष्टी पुन श्रेष्ठ, सरिश्मा मगर, शोभा थापा र टेकराज अच्छामी लगायतले सन्देशमूलक प्रस्तुति दिएका छन् ।

हेरौं भिडियो  : 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू