मंगलबार, वैशाख ११, २०८१
08:13 | १२:५८

धिमेबाजा बजाएर एनएचएस स्टाफलाई धन्यवाद (भिडियो)

नेपाली लिङ्क अप्रिल ३०, २०२०

लण्डन । बेलायतमा कोरोना भाइरसको महामारीविरुद्ध फ्रन्टलाइनमै कार्यरत ‘नेशनल हेल्थ सर्भिस’ (एनएचएस) स्टाफ अहिले सबैको धन्यवादको पात्र बनिरहेका छन् ।

आफ्नो र परिवारकै स्वास्थ्यको समेत जोखिम मोलेर सेवामा खटिएका उनीहरुलाई धन्यवाद दिन र हौसला बढाउन हरेक साता विहीबार बेलुका ८ बजे देशैभरका सर्वसाधारणले घरबाहिर निस्केर ताली बजाउने गरेका छन् ।

यो साता पासा पुचः यूकेका दुई प्रतिनिधिले भने लण्डनको एक अस्पतालकै गेटमा बसेर मौलिक धिमेबाजा बजाउँदै ‘एनएचएस’ स्टाफलाई धन्यवाद ज्ञापन गरेका छन् ।

पासा पुचः साउथ ईस्ट लण्डनका अध्यक्ष सुशील प्रजापति र संस्थापक अध्यक्ष कुमार श्रेष्ठले वुल्वीच नजिकको ‘क्वीन एलिजावेथ’ अस्पताल पुगेर नौलो शैलीमा ‘एनएचएस’ स्टाफको हौसला बढाउने कोशिस गरेका हुन् ।

‘एनएचएस स्टाफको समर्पण र योगदानको लागि सबैले धन्यवाद दिइरहेका छन् । हामीले पनि आफ्नै सांस्कृतिक बाजा बजाएर धन्यवाद भन्न खोजेका हौं’, पासा पुचः साउथ ईस्ट लण्डनका अध्यक्ष प्रजापतिले भने ।

हेरौं भिडियो :

UK thanks key coronavirus workers in nationwide Clap For Our Carers.

Thank You NHS.

Posted by Nepali Link on Thursday, 30 April 2020

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू