शनिबार, वैशाख १५, २०८१
20:50 | ०१:३५

बलिउड अभिनेता ऋषि कपुरको निधन

नेपाली लिङ्क अप्रिल ३०, २०२०

लन्डन । बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सर पीडित कपुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार बिहान मुम्बईको ‘एचएन रिलायन्स फाउन्डेशन अस्पताल’ भर्ना भएकोमा उपचारका क्रममै निधन भएको उनका दाजु रणधीर कपुरले जानकारी दिएका हुन् । 

दुई वर्षअघि क्यान्सरको पुष्टि भएका कपुर करिब एक वर्षसम्म अमेरिकामा बसेर उपचार गराएर गत सेप्टेम्बरमा भारत फर्किएका थिए ।

सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका ‘शो म्यान’ राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गर्दै फिल्मी करियर शुरु गरेका थिए ।

त्यसपछि   उनले डिम्पल कपाडियासँग ‘बबी’ सिनेमाबाट डेब्यू गरे । फिल्मी क्षेत्रमा उनले थुप्रै अवार्डहरु हात पार्न सफल भएका छन् । अभिनेत्री नितु सिहंसँह उनको बैवाहिक सम्बन्ध कायम भएको थियो । 

उनीद्वारा अभिनित चलचित्रहरु ‘बबी’ का अलावा ‘लैला मजनु’,’रफुचक्कर’, ‘सरगम’, ‘कर्ज’, ‘प्रेम रोग’, ‘नागिना’, ‘हनीमुन’, ‘चाँदनी’, ‘बोल राधा बोल’ आदि निकै लोकप्रिय मानिन्छन् ।

उनका पिता राज कपुर पनि सिनेमाका निर्माता तथा निर्देशक हुन् । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे ट्वीट गर्दै लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’

अभिनेता कपुरका छोरा रणविर पनि अहिले बलिउडमा चलेका स्टार छन्    क्यान्सरबाटै बलिउडका अर्का लोकप्रिय अभिनेता इरफान खानको मृत्‍यु भएको एक दिनपछि  नै कपुरको पनि मृत्‍युको खबर बाहिरिएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू