शुक्रबार, असार ४, २०७८
07:47 | १२:३२

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

रासस अप्रिल २०, २०२०

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि’ सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गरेको उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू