शुक्रबार, असोज ४, २०८१
08:07
|
१२:५२
कोरोना अपडेट: विश्वभर मृतक संख्या १ लाख ५४ हजार
रासस-एपी-एएफपी
अप्रिल १८, २०२०
६ वैशाख – विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको उल्लेख छ ।
अमेरिकामा ७ लाख १० हजार भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने ३७ हजार भन्दा बढीको मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा दुई हजार ५३५ जनाको मृत्यु भएको थियो ।
दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । इटालीमा २२ हजार ५०० भन्दाबढीको ज्यान गएको छ भने संक्रमितको एक लाख ७२ हजार नाघेको छ । स्पेनमा भने २० हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख ९० हजार ५०० नाघेको छ ।
कोरोनाभाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ६८१ जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार ३२७ जना, स्वीडेनमा एक हजार ४०० जना र आयरल्यान्डमा ५३० जनाको मृत्यु भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ