बिहीबार, चैत १५, २०८०
17:08 | २२:५३

एनआरएनएद्वारा १२५ थान ‘पीपीइ’ हस्तान्तरण

रासस अप्रिल १७, २०२०

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सातवटा अस्पताललाई १ सय २५ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरेको छ ।

बालुवाटारस्थित सङ्घको सचिवालयबाट शुक्रबार उक्त पीपीइ हस्तान्तरण गरिएको हो ।

सङ्घले प्रदेश नं २ को नारायणी अस्पताललाई २५ थान, सगरमाथा अञ्चल अस्पताल र जनकपुर अस्पताललाई २०-२०, बारा जिल्ला अस्पताल र रौतहट जिल्ला अस्पताललाई १०-१० थान पीपीइ हस्तान्तरण गरेको हो ।

यस्तै, वाग्मती प्रदेशस्थित केन्द्रीय कारागार अस्पताललाई १५ र भरतपुर क्यान्सर अस्पताललाई २५ थान पीपीइ उपलब्ध गराइएको सङ्घको सचिवालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि पीपीइ अनिवार्य भए पनि नेपालमा अझै पर्याप्त मात्रामा पीपीइ उपलब्ध हुन सकेको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू