शुक्रबार, वैशाख १४, २०८१
20:10 | ००:५५

एनआरएनएको नाममा उठाइने सहयोग व्यक्तिगत खातामा जम्मा गर्न रोक

नेपाली लिङ्क अप्रिल ९, २०२०

 

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा सहयोग गर्न संकलित रकम व्यवस्थित गर्न राहत कोषसम्बन्धी कार्यविधि पारित गरेको छ ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार विहिबार बसेको बैठकले १७ बुँदे कार्यविधि पारित गरेको हो । कार्यविधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको छ । नयाँ कार्यविधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले गर्ने आर्थिक सहयोग संघको केन्द्रीय अनलाईन  प्रणालीमार्फत वा संघका राष्ट्रिय समितिको खातामा जम्मा गर्नुपर्ने प्रावधान छ   

आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समिति र आइसिसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए । 

संकलित रकम कहाँ कसरी खर्च गर्ने विषयमा समेत कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्येष्टी, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउने लगायतका प्रयोजनमा  सहयोग गर्न सकिने प्रष्ट पारेको छ । 

संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मातहतमा रहने व्यवस्था कार्यविधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितको लागि उठाएको हरहिसाब अनिवार्य रुपमा संघको सचिवालयमा जानकारी गराउनुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।

आर्थिक संकलनको लागि क्षेत्रीय स्तरमा समिति गठन गर्न सकिने प्रावधान कार्यविधिमा राखिएको छ । तर त्यस्ता समितिले सिधै संघको अनलाइन प्रणालीमार्फत मात्रै रकम संकलन गर्न पाउने व्यवस्था छ ।

दाताहरुले संघले सञ्चालन गरेको अनलाइन प्रणालीमार्फत http://www.nrna.org/donate  मा क्रेडिट/डेबिट कार्डबाट वा संघको नेपालमा रहको निम्न बैंक खातामा जम्मा गर्न सकिने बताइएको छ ।  

Bank Name: Sanima Bank Limited

Branch Name: Alakapuri, Kathmandu

Account No.: 024010510000034

Beneficiary: NRNA EMERGENCY FUND

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू