शुक्रबार, वैशाख ७, २०८१
04:17 | ०९:०२

कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व कीर्तिमान राखेका पूर्व गोर्खाको भव्य स्वागत

नेपाली लिङ्क मे २३, २०२३

संस्कृति, पर्यटन तथा नागरिक उ•यनमन्त्री सुदन किराती त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका सगरमाथा आरोही हरिबहादुर बुढालाई मङगलबार स्वागतसहित बधाई तथा शुभकामना दिंदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ — कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा भव्य स्वागत गरिएको छ । 

पर्यटनमन्त्री सुदन किरातीसहितको सरकारी टोली र सर्वसाधारणले उनलाई त्रिभुवन विमानस्थलमा खादा र मालाले अभिनन्दन गरी स्वागत गरेका हुन् । मन्त्री किरातीले उनलाई खादासँगै ढाकाटोपी पहिरिदिएका थिए ।

रोल्पा थबाङको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तान लडाइँमा दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर उनको घुँडाभन्दा मुनिको भाग गुमेको थियो।

दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उक्त कीर्तिमान उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेका हुन् ।

लुक्लाबाट काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुगेका सगरमाथा आरोही हरिबहादुर बुढा । तस्बिर-रासस

झन्डै ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन् ।

रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू