बिहीबार, चैत १५, २०८०
09:25 | १५:१०

बेलायतमा संक्रमण फैलिने दर थप घट्यो

'आर नम्बर' शून्य दशमलव ६ देखि शून्य दशमलव ८

नेपाली लिङ्क मार्च १२, २०२१

लन्डन ।  बेलायतमा कोरोना भाइरस संक्रमण फैलिने दर क्रमश घट्दै गएको छ ।  

शुक्रबार सार्वजनिक सरकारी तथ्यांकले गतसाताको तुलनामा संक्रमण दर थप गिरेको देखाएको छ ।  

पछिल्लो तथ्यांकअनुसार बेलायतमा संक्रमण दरको मापक ‘आर नम्बर’ शून्य दशमलव ६ देखि शून्य दशमलव ८ को बीचमा छ ।

‘आर नम्बर’ १ रहँदा हरेक संक्रमित एक जनाबाट अर्को एक मानिसमा संक्रमण फैलिने गर्छ । जसको अर्थ अहिले बेलायतमा संक्रमितको संख्या घटिरहेको छ ।  

गत सातासम्म ‘आर नम्बर’ अहिलेभन्दा केही बढी शून्य दशमलव ७ देखि शून्य दशमलव  ९ को बीचमा थियो । महामारीको उत्कर्षका बेला यो नम्बर २ भन्दा माथि पुगेको थियो ।  

त्यस्तै, अहिले बेलायतमा कोरोना संक्रमणको विकास दर माइनस ७ देखि माइनस ४ प्रतिशत छ जसको अर्थ संक्रमण हरेक दिन ४ देखि ७ प्रतिशतले घटिरहेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू