शुक्रबार, वैशाख ७, २०८१
10:09 | १४:५४

बिसीसी यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक

पूर्ण गुरुङ मार्च ११, २०२१


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेको हालै निर्वाचित चौंथो कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । 

गत बुधबार साँझ बसेको भर्चुअल  बैठकमा कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, सल्लाहकार, गर्भनर बडीबीच एकअर्कामा परिचय गरियो । गत २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले धर्म तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । 

रिक्त रहेको कार्यसमितिको विभिन्न पदमा चयन भएका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा बिसीसी गुम्बामा टुल्कु रिन्पोछे र खेन्पोले पद तथा गोपनियताको सपथ गराएका थिए । 

बैठकमा उपाध्यक्ष रोबिन गुरुङले कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, गर्भनर बडीका सदस्यहरुको परिचय गराएका थिए भने आमा समूहकी सचिव शारदा गुरुङले आमा समूहका पदाधिकारी, सदस्य र सल्लाहकारहरुको परिचय गराइन् । 

बैठकमा तेश्रो कार्यसमितिका महासचिव रोबिन गुरुङलाई उपाध्यक्ष, विभिन्न संघसंस्थामा आवद्ध हुदै आएका क्या. देव घलेलाई महासचिव, पञ्च तामाङ्लाई कल्चरल सेक्रेटरीको जिम्मेवारी प्रदान गरेको जानकारी गराइएको थियो । त्यस्तै, रिक्त रहेको अन्य पदहरुमा चयन भएका व्यक्तिहरुको समेत परिचय दिइएको थियो । 

जुम प्रविधिको उपयोग गर्दै बसेको भर्चुअल बैठकमा संस्थापक अध्यक्ष ले. काजी शेर्पा, पूर्व अध्यक्ष ले. नारायण प्रसाद गुरुङ बिएमई, निवर्तमान अध्यक्ष नरेश गुरुङ, पूर्व आमा समूह प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा समूह प्रमुख पुष्पा गुरुङ, गर्भनर बडीका डा. कपिल शर्मा, मेजर खिम गौचन, मेजर कुल बहादुर थापा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार नन्द कुमारी गुरुङ लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदैं सफल कार्यकालको शुभकामना दिएका थिए । 

त्यस्तै, नवनिर्वाचित अध्यक्ष धर्म तामाङ र आमा समूह प्रमुख उर्मिला (इन्द्र) गुरुङले सबैको साथ र सहयोगको अपेक्षा गर्दै बिसीसी यूकेलाई अझ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

करिब ४ घण्टासम्म संचालन भएको बैठकमा बिसीसी यूकेको वार्षिक कार्यक्रम, लकडाउन, बौद्ध शिक्षा अध्ययन लगायतका विषयमा व्यापक रुपमा छलफल गरिएको थियो । 

त्यस्तै, सोही दिनको दिउँसो बिसीसी यूके परिसरमा निवर्तमान अध्यक्ष नरेश गुरुङले संस्थापक अध्यक्ष ले. काजी शेर्पाको उपस्थितिमा नवनिर्वाचित अध्यक्ष धर्म तामाङ र कोषाध्यक्ष मेजर हितमान गुरुङलाई संस्थाको हिसाबकिताब हस्तान्तरण गरेका थिए । 

बिसीसी यूके अध्यक्ष धर्म तामाङको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष हर्क गुरुङले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष रोबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू