बिहीबार, वैशाख १३, २०८१
12:46 | १७:३१

लन्डनस्थित पशुपतिनाथ मन्दिरमै नेपालीलाई कोभिड खोप सुविधा

नेपाली लिङ्क मार्च ६, २०२१

लन्डन । साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरमै कोभिड भ्याक्सिन लिन पाइने भएको छ । पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले ‘भ्याक्सिनेसन मोबाइल बस’ मार्फत मन्दिर प्रांगणमा नेपालीलाई खोप सुविधा दिलाएको हो ।

५० वर्ष नाघेका सबै र स्वास्थ्य अवस्था प्रतिकुल रहेका १८ वर्षमाथिकाले आउंदो १४ मार्च आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म खोप लिन पाउनेछन् ।

सो सुविधा लिन तल दिइएको टेलिफोन नम्बरमा कल गरेर आफ्नो नाम, ठेगाना र फोन नम्बर दर्ता गराउनुपर्ने छ । उक्त दिन ८० जनासम्मलाई खोप दिने लक्ष्य छ ।

पशुपतिनाथ मन्दिर अध्यक्ष नरेन्द्र कंडेल र पण्डित निलहरि घिमिरेले साउथ इष्टमा रहेका नेपालीलाई खोप सुविधाका लागि पहल गरेका थिए । जिपी डक्टरहरु डा. शर्मा र डा. अनुज चर्तुवेदीसंग कंडेल र घिमिरेले आज शनिबार बैठक गरेपछि नेपालीलाई यो सुविधा मिलेको हो ।

पहिलो चरणको खोप कार्यक्रम हेरेर भविष्यमा कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गरिने पण्डित घिमिरेले बताए ।

मोबाइल बसमा डाक्टर, नर्ससहित स्वयंसेवक टोली आउनेछन् । एनएचएस ग्रीनवीच सीसीजीले ग्रीनवीचमा सञ्चालन गरेको डबल डेकर बसभित्र दुईवटा क्लिनिकल बुथ हुनेछ ।

नाम टिपाउन सम्पर्क:

नरेन्द्र कंडेल- 07415 102310

पण्डित निलहरि घिमिरे- 07838 820518

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू