बिहीबार, वैशाख १३, २०८१
15:52 | २०:३७

अपहरणमा परेका नाइजेरियाका २ सय ७९ छात्रा रिहा

रासस–एएफपी मार्च २, २०२१


नाइजेरिया । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २ सय ७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ ।

उनीहरुलाई सरकारी संरक्षणमा राखिएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

‘अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ’, जाम्फारा राज्यका गभर्नर डा बेलो मतावाले भने ।

उनले बालिकाहरु सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद रहेको पनि बताए । नाइजेरियामा बालिका अपहरणका घटनाहरु लामो समयदेखि हुँदै आएका छन् ।

अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए । तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो ।

भारी मात्रामा हातहतियारसहित आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा हालैका वर्षहरुमा निकै उपद्रो मच्चाइरहेका छन् । उनीहरुले मानिसहरुलाई फिरौतीका लागि अपहरण गर्ने, बलात्कार तथा लुटपाट गर्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू