मंगलबार, ३० जुन, २०२६
23:55 | ०४:४०

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो

नेपाली लिङ्क जुन ३०, २०२६

फाइल तस्विर

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबार मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपियाँ, डिजेलमा ३० रूपियाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपियाँले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १५ रुपियाँ ९ पैसा, डिजेल २९ रुपियाँ ४६ पैसा, हवाई इन्धन प्रतिलिटर २९ रुपियाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ।

यसैगरी, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू