शुक्रबार, चैत १६, २०८०
11:40 | १७:२५

बेलायतमा कोरोनाबाट चार महिनायताकै कम मृत्यु

५ हजार ४५५ नयां संक्रमित

नेपाली लिङ्क मार्च १, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या चार महिनायताकै कम भएको छ । पछिल्लो २४ घन्टामा १०४ जना कोरोना संक्रमितको मात्र मृत्यु भएको छ ।

दैनिक मृतक संख्याको आधारमा सोमबारको यो तथ्याँक चार महिना पछिकै कम भएको अधिकारीहरुले बताएका छन् ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार ९५३ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ४५५ जना नयां संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या पनि विगत केहि महिनायताकै न्यून हो ।

थपिएका नयां संक्रमितसंगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ८२ हजार नाघेको छ ।

हाल यहाँका अस्पतालमा उपचार गराईरहेका कोरोना संक्रमितको संख्या पनि घटेर १५ हजार भन्दा तल झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ९७१ छ ।

दुई करोड २ लाख बढीले लगाए खोप

बेलायतमा हालसम्म  पहिलो र दोस्रो गरि दुई करोड १० लाख ९१ हजार २६७ भन्दा डोज भ्याक्सिन वितरण भैसकेको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार २ करोड २ लाख ७५  हजार ४५१ जनाले पहिलो डोज लिएका छन् ।

यसैगरी ८ लाख १५ हजार ८१६ जनाले खोपको दोस्रो डोज लिएका छन् । बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउंदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू