शुक्रबार, वैशाख ७, २०८१
16:01 | २०:४६

लन्डनमा सेलरोटी प्रतिष्पर्धा गरिंदै

नेपाली लिङ्क फ्रेब्रवरी २०, २०२१


लन्डन । सौन्दर्य, नाच, खेल वा वादविवाद जस्ता प्रतियोगिता त नेपाली समुदायका लागि नौलो विषय रहेन । कोभिड महामारीले अहिले रोकिएपनि यसअघि यी भइरहेका थिए र हुनेछन् । तर, लन्डनमा अर्को एउटा पृथक प्रतियोगिता हुने भएको छ ।

इन्टरनेशनल नेपलिज सेफ सोसाइटी यूकेले आउंदो २७ मार्चका दिन सेलरोटी प्रतियोगिता गर्न लागेको आयोजकमध्ये एक अर्जुन थापाले जनाए ।

नेपाली मौलिकता र नेपाली खाना विश्वभर चिनाउने र उद्देश्यले प्रतियोगिता गर्न लागिएको संस्थाले जनाएको छ । प्रथम हुनेले ३५० पाउण्ड र रनरअपले १५० पाउण्ड नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा भाग लिन अनलाइनमार्फत नाम दर्ता गरि दर्ता शुल्क २० पाउण्ड बुझाउनुपर्ने आयोजकले जनाएका छन् । नाम दर्ताको अन्तिम म्याद १९ मार्च तोकिएको छ ।

तोकिएको समयसीमाभित्र आफूले पकाएको तीन वटा सेलरोटी सफा कागज वा पोलिथिन ब्यागमा रयाप गरि बाक्लो कार्डबोर्ड वा पिज्जा बक्समा पठाउनुपर्ने नियम छ । सेलरोटी पकाउंदा प्रयोग गरिएका सामग्री समेत खुलाउनुपर्ने आयोजकले बताएका छन् ।

इन्टरनेशनल नेपलिज सेफ सोसाइटी यूके विश्वभर छरिएर रहेका नेपाली सेफको एउटा प्लेटफर्म हो जहां करिब ३ हजार सेफ आवद्ध छन् ।

नियम-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू