शनिबार, वैशाख ८, २०८१
13:59 | १८:४४

बेलायती प्रहरीलाई नेपालीले गराए निशुल्क भोजन

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२१


लन्डन । बेलायतको स्विण्डनस्थित नेपाली समाज विल्शायरले स्थानीय बेलायती प्रहरीलाई निशुल्क भोजन गराएको छ ।  

कोभिड महामारीको असहज अवस्थामा पनि फ्रन्टलाइनमा रहेर समुदायको सेवामा खटिएका प्रहरीप्रति आभारस्वरुप खाना वितरण गरिएको हो ।  

शनिबार विल्शायर प्रहरी स्टेसन पुगेर त्यहाँ कार्यरत ६० प्रहरीलाई खाना बांडिएको समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए ।  

स्थानीय नेपाली व्यवसायहरुको प्रायोजनमा प्रहरीहरुलाई खाना वितरण भएको हो । मम किँग रेष्टुरेन्टका सुशील पौडेल, याक द हिमालयन किचनका अर्जुन गुरुङ, दिवाली रेष्टुरेन्टका दिपेन्द्र गुरुङ, याम आचार्य र गंगा कंडेल, क्याभेन्डिस् ग्रोसरीका दिलकुमार खुजुम लिम्बू र ग्रेसी ज्वेलर्सका पदम सुनुवारले खाना प्रायोजन गरेका हुन् ।  

खाना वितरणका लागि समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङ र श्रीमती  उन्नति गुरुङ, सचिव भवानीप्रसाद गुरुङ र श्रीमती प्रेमा गुरुङ, सहसचिव विष्णु गुरुङसहित प्रायोजक व्यवसायीहरु प्रहरी स्टेसन पुगेका थिए ।  

त्यसअवसरमा महामारीका बेला फ्रन्टलाइनमा खटिएर समुदायका लागि प्रहरीले पुर्याएको योगदानको नेपाली समाज विल्शायरका तर्फबाट प्रशंसा गरिएको थियो ।  

प्रहरी अधिकारीहरुले पनि स्थानीय नेपाली समुदायले दर्शाएको प्रेमप्रति आभार प्रकट गरेका थिए ।  

समाजले यसअघि दुई पटक गरी स्थानीय अस्पातलमा कार्यरत सय बढी स्वास्थ्यकर्मीलाई खाना वितरण गरेको थियो । त्यस्तै, गत क्रिसमसकै दिन सडक जीवन बिताइरहेका स्थानीय बेलायतीहरुलाई पनि समाजले निशुल्क भजन गराइसकेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू