शुक्रबार, चैत १६, २०८०
06:26 | १२:११

बेलायतमा कोरोनाबाट एक महिनायताकै कम मृत्यु

३७३ को मृत्यु

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२१

लन्डन  बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ३७३ जनाको मृत्यु भएको यो संख्या पछिल्लो एक महिनायताकै सबै भन्दा कम हो

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १२ हजार ४६५ पुगेकोडिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले दिएको जानकारी दिएको छ ।

अघिल्लो दिन शनिबार ८२८ जना संक्रमितको मृत्यु भएकोमा आइतबार मृतक संख्या दोब्बर भन्दा कम भएको हो

तर, वीकेन्डमा सार्वजनिक गरिने तथ्याँक वास्तविकता भन्दा कम रहने अधिकारीहरुले बताएका छन्

यसैगरी पछिल्लो तथ्याँक अनुसार २४ घन्टाभित्र थप १५ हजार ८४५ जना नयां संक्रमित थपिएका छन् नयां थपिएका संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ४५ हजार ६८० पुगेको

संक्रमित संख्यामा पनि अघिल्लो दिनको तुलनमा कमी आएको हो बेलायतमा कोरोना संक्रमण दर पछिल्लो समयमा केहि कम भएको तथ्याँकले देखाएको

बेलायतका अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको संख्यामा कमी आएको स्वास्थ्य विभागको जनाएको   हाल यहाँका अस्पतालमा २९ हजार ३२६ जना संक्रमितको उपचार भइरहेको भने तीन हजार ५०५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू