शुक्रबार, चैत १६, २०८०
13:07 | १८:५२

बेलायतमा ८९ लाख बढीले लगाए खोप, एकदिनमै ५ लाख ९८ हजार ३८९ खोप

४ लाख ९१ हजारले पाए दोस्रो डोज

नेपाली लिङ्क जनवरी ३१, २०२१

लन्डन । बेलायतमा ३० जनवरी शनिबारसम्म ८९ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म ८९  लाख ७७  हजार ३२९ जनाले खोपको पहिलो डोज लिएको बताइएको छ । शनिबार एकदिनमै ५ लाख ९८ हजार ३८९ जनालाई खोप दिइएको छ जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।

जसमध्ये चार लाख ९१ हजार ५३ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।

यसका साथै बेलायतले मोडर्ना खोपलाई पनि प्रयोगका लागि अनुमति दिइसकेएपनि उपलब्ध हुन अझै केहि समय पर्खिनुपर्ने बताइएको छ । बेलायतले मोडर्नाको खोप १७ मिलियन डोज सुरक्षित गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू